२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूची

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ७ गते मंगलबार ०९:२४

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

साथै आजको बैठकमा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति २०८२ जेठ ७ गते मंगलबार ०९:२४
हजुरको प्रतिक्रिया