२०८३ असोज २६ गते सोमबार

राजसंस्थाको पुनःस्थापना ब्यालेटबाट होइन, जनताकै विश्वासबाट खोजेका हौँः राजेन्द्र लिङदेन

राजसंस्थाको पुनःस्थापना ब्यालेटबाट होइन, जनताकै विश्वासबाट खोजेका हौँः राजेन्द्र लिङदेन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ८ गते बुधबार ०८:५७

अध्यक्ष लिङदेनले राजावादीहरु सबै बराबर रहेकाले सबैले मिलेर राजसंस्था पुनः स्थापना गर्नुपर्ने बताए ।  दलहरुसँगको सम्बन्ध बढाएर योजनावद्ध रुपमा अघि बढ्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको विश्वासबाट नै राजसंस्था पुनःस्थापना गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेट पक्षबाट नभएको बताए ।

उनले २००७ सालको परिवर्तनदेखि २०१७, २०४६, २०६२,२०६३ का कुनैपनि परिवर्तनहरु ब्यालेटबाट नभएको उल्लेख गरे ।

अहिले पनि आफूहरुले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट नभएको उनको भनाइ छ । एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा नभएको उनले बताए ।

अध्यक्ष लिङदेनले भने, ‘नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेट पक्षबाट भएको छैन । २००७ सालको परिवर्तन पनि चुनाव भएर भएको होइन । २०१७ सालकै परिवर्तन पनि चुनावबाट भएको होइन । २०४६, २०६२,२०६३ का कुनैपनि परिवर्तनहरु ब्यालेटबाट भएका होइनन् । त्यसकारण हामीले अहिले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट होइन । जनताबाटै गर्ने भनेर हामीले निष्कर्षमा पुगेर अगाडि बढाएका हौँ । कतिपय साथीहरुले के भन्नुहुन्छ भने तिमीहरु संसदमा छौ, तिमीहरु यही संविधानमा भाग लिइरहेका छौ भनेर । यो हामीले आन्दोलन भनेपनि जे भनेपनि राज्यसत्ताको बिरुद्ध लडाईं शुरु गरेका छौँ । त्यो कसैलाई रिस उठे जस्तो, झोक चलेजस्तो । एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा होइन । तपाईंहरुलाई जति जोश चलेको होला त्यो भन्दा कम जोश मलाई के चलेको होला र ? पाए त आजै फेरिदिनु हुन्थ्यो । आजै राजालाई ल्याएर मुकुटसहित नारायणहिटीमा भित्र्याऔँ भन्नेकुरा त मलाई के कम होला र ? हामीले योजना र रणनीति भन्नेकुरा बिर्सिन हुँदैन ।’

अध्यक्ष लिङदेनले राजावादीहरु सबै बराबर रहेकाले सबैले मिलेर राजसंस्था पुनः स्थापना गर्नुपर्ने बताए ।  दलहरुसँगको सम्बन्ध बढाएर योजनावद्ध रुपमा अघि बढ्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

प्रकाशित मिति २०८२ जेठ ८ गते बुधबार ०८:५७
हजुरको प्रतिक्रिया