२०८३ असोज २६ गते सोमबार

सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको छः शेखर कोईराला

सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको छः शेखर कोईराला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ८ गते बुधबार ०९:०३

नेपाली काँग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित बदलिँदो विश्व परिवेशमा नेपालले अंगाल्नुपर्ने आर्थिक नीति विषयक अन्तरक्रियामा बोल्दै उनले भ्रष्टाचारमा लिप्त भएकै कारणले मुलुक बन्न नसकेको टिप्पणी गरेका हुन् ।

काठमाडौं ।

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित बदलिँदो विश्व परिवेशमा नेपालले अंगाल्नुपर्ने आर्थिक नीति विषयक अन्तरक्रियामा बोल्दै उनले भ्रष्टाचारमा लिप्त भएकै कारणले मुलुक बन्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले अमेरिका, बेलायत लगायतका मुलुकमा बसोवास गर्ने अथवा काम गर्नेले नेपालमा पैसा पठाउनुको साटो यहाँका घरजग्गा विक्री गरेर उतै घरबार जोड्ने गरेको बताए ।

ठूला देशमा बस्नेहरुबाट भन्दा खाडीमा श्रम गरेका नेपालीले मुलुकको अर्थतन्त्र धानेको उनको भनाइ थियो ।  सबैतिर भ्रष्टाचार र अनियमितता रहेको भन्दै उनले आलोचना पनि गरे ।

उनले भने, ‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं । गुड गभर्मेण्ट छैन । सबैतिर करप्सन छ । सरकारले दण्डहीनतालाई प्रोत्साहन दिनु हुँदैन । त्यसको अन्त्य गर्नुपर्छ । त्यति कुरा हामीले रोक्न सक्यौं भने नेपाललाई बनाउन सकिन्छ । देश बनाउने इच्छाशक्ति प्रधानमन्त्री र सरकारको हुनुपर्छ । मुलुकको अर्थतन्त्रमा देखिएको चहलपहल रेमिट्यान्सबाटै हो । देशको अर्थतन्त्र खाडीमा गएका नेपालीहरुले धानिरहेका छन् ।’

देशको अर्थतन्त्रमा भइरहेको चहलपहल रेमिट्यान्सबाट मात्रै भएको र खाडीमा गएका नेपालीहरुले धानिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति २०८२ जेठ ८ गते बुधबार ०९:०३
हजुरको प्रतिक्रिया