२०८३ साउन २१ गते बिहीबार

संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ९ गते बिहीबार ०९:२३

जसअनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।

काठमाडौं ।

संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।

सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ ।

उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)बीच छलफल हुने जनाइएको छ ।

त्यस्तै प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ ।

त्यसैगरि, राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ । संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ ।

बैठकमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदैछ ।

बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति २०८२ जेठ ९ गते बिहीबार ०९:२३
हजुरको प्रतिक्रिया