२०८३ असोज २५ गते आइतबार

उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनुपर्छः महानिरीक्षक अर्याल

उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनुपर्छः महानिरीक्षक अर्याल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ९ गते बिहीबार ०९:२८

महानिरीक्षक अर्यालले गोताखोर लगायत उच्च जोखिमका उद्धारमा खटिनेहरुलाई प्रोत्साहनस्वरुप सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोतका बाबजुद विभिन्न कल्याणकारी सुविधा प्रदान गर्दै आएको बताए ।

काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनु आवश्यक रहेको बताए ।

बुधबार कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा आयोजित गोताखोर तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सशस्त्र प्रहरी बलका सम्पूर्ण इकाईहरुमा आधारभुत उपयोग सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिनका लागि यसै आर्थिक वर्षदेखि नयाँ योजना शुरु गरिएको जानकारी दिए ।

हाल उपलब्ध केही उपकरणहरु पुराना भएकाले तिनको सुरक्षा परीक्षण, मर्मतको आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन् ।

हाल ६० फिट गहिराईसम्मको तालिम सञ्चालन भइरहेको र थप उन्नत तालिम तथा आधुनिक उपकरणमार्फत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

उपकरणहरुको मर्मतसम्भार र नयाँ खरिदको लागि आवश्यक बजेट व्यवस्थापनका लागि मन्त्रालयसँग समन्वय गरिरहेको र केही कार्यहरु अघि बढेको समेत उनले जानकारी दिए ।

उनले भने, ‘उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनु आवश्यक छ । सशस्त्र प्रहरी बलका सम्पूर्ण इकाईहरुमा आधारभुत उपयोग सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिनका लागि यसै आर्थिक वर्षदेखि हामीले नयाँ योजना शुरु गरेका छौँ । हाल उपलब्ध केही उपकरणहरु पुराना भएकाले तिनको सुरक्षा परीक्षण, मर्मतको आवश्यक छ । हाल ६० फिट गहिराईसम्मको तालिम सञ्चालन भइरहेको छ र थप उन्नत तालिम तथा आधुनिक उपकरणमार्फत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ । हामीले उपकरणहरुको मर्मतसम्भार र नयाँ खरिदको लागि आवश्यक बजेट व्यवस्थापनका लागि मन्त्रालयसँग समन्वय गरिरहेका छौँ । केही कार्यहरु अघि बढेका पनि छन् ।’

महानिरीक्षक अर्यालले गोताखोर लगायत उच्च जोखिमका उद्धारमा खटिनेहरुलाई प्रोत्साहनस्वरुप सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोतका बाबजुद विभिन्न कल्याणकारी सुविधा प्रदान गर्दै आएको बताए ।

प्रकाशित मिति २०८२ जेठ ९ गते बिहीबार ०९:२८
हजुरको प्रतिक्रिया