२०८३ असोज २५ गते आइतबार

श्री गण्डकी कोटिहोम सञ्चालन भएको स्थलमा स्थानियले बनाए “कोटिहोम चोक”

श्री गण्डकी कोटिहोम सञ्चालन भएको स्थलमा स्थानियले बनाए “कोटिहोम चोक”

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ९ गते बिहीबार ०९:४३

कोटिहोम सञ्चालन भइरहेका बेला स्थानियहरुले आफुहरुको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरेका छन् ।

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १७ मा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ ।

कोटिहोम सञ्चालन भइरहेका बेला स्थानियहरुले आफुहरुको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरेका छन् ।

माछापुछ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित रहेको उक्त स्थानलाई अहिले कोटिहोम चोक भनेर नामकरण गरिएको स्थानिय शारदा पंगेनीले बताइन् ।

उनले भनिन–“अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । हामीहरुले अवलोकन गर्ने अवसर त पायौं तर हाम्रा भावी पुस्ताहरुले पनि यस कोटिहोम महायज्ञको बारेमा जानकारी ताजा राख्नको लागि कोटिहोम चोक भनेर नामकरण गरिएको हो ।”

उनले थपिन–हामी धन्य रहेछौं हाम्रो आगनमा आएर अहिले सम्म नदेखेको कोटिहोमको दर्शन गर्ने अवसर पायौं ।

त्यस्तै अर्का स्थानिय धनी प्रसाद ढकालले भने –“हामी कोटिहोम चोक बनाएर अहिले सानो बोर्ड मात्र स्थापना गरेका छौं, यो कोटिहोम महायज्ञको इतिहास जिवन्त गर्नका लागि अर्काे बर्ष स्थानियको सक्रियतामा नै ठूलो प्रवेशद्धार निर्माण गर्ने छौं ।”

नयाँ मान्छे आउदा लोकेसन लिन र दिन निकै समस्या भइरहेको बेला कोटिहोम महायज्ञ र कोटिहोम चोक नामाकरण गर्दा पहिचान नै उच्च रहने अर्का स्थानिय बिनोद केसीले बताए ।

जेठ ९ गते एकादशीको दिन उक्त चोकको अनावरण गर्ने कार्यक्रम रहेको स्थानियको भनाई रहेको छ ।

मानव सेवा फाउण्डेसन नेपाल लगायतको आयोजनामा अहिले सञ्चालन भएको कोटिहोम महायज्ञमा दैनिक बाक्लो भक्तजनको सहभागीता रहेको छ ।

प्रकाशित मिति २०८२ जेठ ९ गते बिहीबार ०९:४३
हजुरको प्रतिक्रिया