पोखरा ।
नवौं पिएम कप एनभिए लिगमा महिलातर्फ टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।
पोखराको कभर्ड हलमा आज बिहान भएको खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३-० सोझो सेटको जितमा लिगमा सानदार सुरुवात गरेको छ।
न्यु डायमण्डले २५-१३, २५-१० र २५-१० को जित निकाल्यो ।महिलातर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लबले एभरेष्ट भलिबल क्लबलाई ३-० ले हरायो। पुलिसले २५-१९, २५-१८ र २५-१८ ले आफ्नो पक्षमा पार्यो ।
पुरुषतर्फ हेल्प नेपालले सुदुरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो। पहिलो सेट २५-१७, दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-१८ ले जित निकाल्यो । आज पुरूषतर्फ थप ३ खेल हुने तालिका रहेको छ। नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
प्रकाशित मिति २०८२ जेठ १० गते शुक्रबार ०३:०९




