२०८३ साउन २१ गते बिहीबार

शिक्षा र निजामति ऐन ल्याउने कुरामा काँग्रेस दृढ छः सभापति देउवा

शिक्षा र निजामति ऐन ल्याउने कुरामा काँग्रेस दृढ छः सभापति देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १० गते शुक्रबार ०३:२२

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले रोजगारी सिर्जना...

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने बताए ।

उनले राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक रहेको उल्लेख गरे । उनले शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा पनि नेपाली काँग्रेस दृढ रहेको बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिएको र योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरुले पाउन सहज बनाउनुपर्ने बताए ।

सभापति देउवाले भने, ‘शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा पनि नेपाली काँग्रेस दृढ छ । सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिन्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरुले पाउन सहज होस्, भन्नका निमित्त कानून संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ । अनौपचारिक क्षेत्रका श्रमीकका निम्ति श्रमीक पहिचान पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्न पार्टीले पहल गर्ने नै छ । रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने र आफ्नै देशमा बुद्धि, सीप र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको छ । राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक छ । ’

सभापति देउवाले श्रम क्षेत्रको कानून कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको कार्यान्वयनमा काँग्रेसले पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति २०८२ जेठ १० गते शुक्रबार ०३:२२
हजुरको प्रतिक्रिया