२०८३ साउन २१ गते बिहीबार

एमालेले के गर्छ ? पोखरालाई हेरे पुग्छः केपी ओली

एमालेले के गर्छ ? पोखरालाई हेरे पुग्छः केपी ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १० गते शुक्रबार ०५:२९

पोखरा । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले गरेको विकासका लागि पोखरालाई हेर्न आग्रह गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री ओलीले एमालेले आफ्नो पालामा...

पोखरा ।

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले गरेको विकासका लागि पोखरालाई हेर्न आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री ओलीले एमालेले आफ्नो पालामा पोखराको उन्नती र प्रगतीका लागि धेरै काम गरेको बताए ।

‘नेकपा एमालेले के गर्छ ? धेरै मैले भनिरहनु पर्दैन पोखरालाई हेर्नुभए पुग्छ । नेकपा एमालेले आफ्नो समयमा पोखरामा के के उन्नती गरेको छ । के के प्रगती गरेको छ । ती कुराहरु हेरे पुग्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले एमालेको योगदानमा बिर्साउनका लागि अनेक प्रयास भइरहेको दाबी गरे । उनले भने, ‘नेकपा एमालेले आफुले मौका पाउँदा देशमा कायपलट हुने गरी असाधारण काम गरेको छ । ती कामहरुलाई भुलाउनका निम्ति नेकपा एमालेका नेतृत्वलाई केन्द्रीत गरेर प्रहार गर्ने र आरोप लाञ्छना लगाउने काम भइराखेका छन् ।’

प्रकाशित मिति २०८२ जेठ १० गते शुक्रबार ०५:२९
हजुरको प्रतिक्रिया