पोखरा । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले गण्डकी प्रदेशसहित मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । गण्डकी प्रदेश, प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यसैगरी गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ भने गण्डकी प्रदेश, प्रदेश १ वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यी प्रदेशहरुको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।
यसैगरी बाढी पूर्वानुमान महाशाखाले शुक्रबारसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बुढीगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता पार गर्ने सम्भावना रहेको जनाएको छ ।
सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण तमोर लगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने तथा तिनाउ, कन्काई, कमला, बागमती र सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
२०७८ असार २४ गते बिहीबार
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
२०७८ असार २५ गते शुक्रबार
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश १, वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी प्रदेश, प्रदेश १, वागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
२०७८ असार २६ गते शनिबार
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
प्रकाशित मिति २०७८ असार २४ गते बिहीबार ०२:२१




