काठमाडौं ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगण्य रहेको बताएका छन् ।
शनिवार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व। खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्व। रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताए । पार्टीमा यस्ता व्यक्तिहरु धेरै कम रहेको उनको भनाइ छ । स्व। रेग्मीले हृदयबाटै समर्पित भएर काँग्रेस बढाउन र बनाउन लाग्नुभएको बताए ।
सभापति देउवाले भने, ‘उहाँ अत्यन्तै त्यागी, कुनै किसिमको लोभ लालच नभएको व्यक्ति हो उहाँ । धेरै कम नेपाली काँग्रेसीहरु यस्ता छन् । सच्चा मानेमा नेपाली काँग्रेसको हृदयबाटै समर्पित भएर काँग्रेस बढाउन र बनाउन लागेका छन् । उहाँलाई पछि भेट्न पाइन मलाई दुःख लागिरहेको छ । उहाँ अत्यन्तै समर्पित साथी हो । त्यस्ता साथीहरु हाम्रो पार्टीमा नगण्य छन् भनेपनि हुन्छ ।’
सभापति देउवाले स्व। रेग्मीको बारेमा लेखहरु लेखेर आम जनमानसमा उहाँको छविबारे उजागर गर्न जरुरी रहेको बताए ।
प्रकाशित मिति २०८२ जेठ ११ गते शनिबार १२:४२




