२०८३ साउन २१ गते बिहीबार

‘ग्रो टेनिस’ कार्यक्रम सार्वजनिक

‘ग्रो टेनिस’ कार्यक्रम सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १२ गते आइतबार ०८:०८

जन अन्तरगत ८ जना बालक र २ जना बालिकालाई छनोट गरिने छ ।

पोखरा ।

गण्डकी प्रदेश टेनिस संघले राष्ट्रिय स्तरका टेनिस खेलाडी उत्पादन गर्ने लक्ष्यसहित ‘ग्रो टेनिस’ कार्यक्रम सार्वजनिक गरेको छ ।

पोखरामा आइतबार पत्रकार सम्मेलन गरेर संघले एक दीर्घकालीन र महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संंघका अध्यक्ष विनोद कायस्थले आर्थिक रूपले कमजोर १० जना बालबालिकालाई यो योजनामा छनोट गरिने जानकारी दिए ।

८ देखि १२ वर्ष उमेर समूहका ४० जना बालबालिका छनोट गरिने छन् । भने चरणबद्ध छनोट मार्फत १० जनालाई पूर्ण प्रशिक्षणमा राखिने छ ।

यो योजना अन्तरगत छनोट भएकालाई आठ वर्षसम्म निःशुल्क प्रशिक्षण र अन्य सुविधा दिइने कायस्थले बताए । जन अन्तरगत ८ जना बालक र २ जना बालिकालाई छनोट गरिने छ ।

प्रकाशित मिति २०८२ जेठ १२ गते आइतबार ०८:०८
हजुरको प्रतिक्रिया