२०८३ साउन २१ गते बिहीबार

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १४ गते मंगलबार १०:११

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । जसअन्तर्गत मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी...

काठमाडौं ।

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । जसअन्तर्गत मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२ पेश गर्ने । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८१/०८२ आर्थिक सर्वेक्षण पेस गने, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्ने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

प्रकाशित मिति २०८२ जेठ १४ गते मंगलबार १०:११
हजुरको प्रतिक्रिया