पोखरा ।
पोखरा महानगरपालिका–७ का जनप्रतिनिधिहरूले मानव सेवा आश्रम, हेमजा शाखामा खाद्यान्न तथा सामग्री वितरण गरेका छन् ।
आफ्नो चौथो पदस्थापन दिवसको अवसरमा मानव सेवा आश्रम, हेमजा शाखामा करिब ४० हजार रुपैयाँ बराबरको आवश्यक खाद्यान्न तथा सामग्री वितरण गरि पदस्थापन दिवस मनाएका हुन् ।
यस वर्ष आश्रममा बसोबास गर्ने १३७ जनालाई वडा नं ७ का जनप्रतिनिधिहरू र स्थानीयहरूको सहकार्यमा बिहानको खाजा सेवा समेत प्रदान गरिएको थियो । गत वर्ष पनि पदस्थापन दिवसको अवसरमा मानव सेवा आश्रमको हेमजा शाखा र छोरपाटन शाखामा खाद्यान्न तथा सहयोग वितरण गरिएको थियो ।
मानव सेवामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने जनप्रतिनिधिको अपेक्षा छ ।
सो अवसरमा वडा अध्यक्ष राम मोहन आचार्यले आफ्नो पदस्थापन दिवस वर्षेनी आश्रममै मनाउँदै आएको बताए । उनले आगामी वर्ष पनि यस्तै सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित मिति २०८२ जेठ १४ गते मंगलबार ०८:०३