२०८३ असोज २६ गते सोमबार

न्युजिल्याण्डका परराष्ट्रमन्त्री पिटर्स आज नेपाल आउँदै

न्युजिल्याण्डका परराष्ट्रमन्त्री पिटर्स आज नेपाल आउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १५ गते बुधबार ०९:४५

भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।

पोखरा ।

न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन् ।

उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका सूचना अधिकारी नितेश सापकोटाले जानकारी दिए ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।

त्यसैगरी उनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुईदिने भ्रमण सकेर उनी भोलस् बिहीबार नै स्वदेश फर्किने कार्यतालिका छ ।

प्रकाशित मिति २०८२ जेठ १५ गते बुधबार ०९:४५
हजुरको प्रतिक्रिया