२०८३ साउन २१ गते बिहीबार

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १६ गते बिहीबार ०९:१०

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेस गर्नेछन्।
संसदको संयुक्त बैठक आज दिउँसो ३ बजे बस्दैछ ।

अर्थमन्त्री पौडेलले संसदको संयुक्त बैठकमा बजेट पेस गर्ने

पोखरा ।

आगामी आर्थिक वर्ष २०८२÷०८३ लागि सरकारले झण्डै २० खर्ब रुपैयाँको बजेट ल्याउने भएको छ ।

स्रोत समितिले दिएको सिलिङभन्दा माथि गएर सरकारले बजेट ल्याउने तयारी गरेको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेस गर्नेछन्।

संसदको संयुक्त बैठक आज दिउँसो ३ बजे बस्दैछ । आगामी बजेटका लागि योजना आयोगले १९ खर्बको सिलिङ दिएको थियो । तर मध्यकालीन खर्च संरचना र स्रोत समितिले भने २० खर्ब ८८ अर्ब रुपैयाँ प्रक्षेपण गरेको छ ।

तर अर्थ मन्त्रालयले आयोगको सिलिङ र स्रोत समितिको प्रक्षेपणको बीचमा रहने गरि २० खर्बको हाराहारीको बजेट ल्याउने तयारी भएको छ ।

बजेटमा निर्माणाधीन राष्ट्रिय परियोजना समयमा सक्ने, सामाजिक सुरक्षाका कार्यक्रम परिस्कृत गर्ने र कृषिको व्यवसायीकरणसम्बन्धी कार्यक्रम प्राथमिकतामा छन् । यस वर्ष वृद्धभत्ता पाउनेको उमेर पनि सरकारले ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्याउने भएको छ ।

यस्तै कर्मचारीको तलब भने सरकारले बढाउने तयारी गरेको छ । यस पटक सरकारले नयाँ योजना थप्नेभन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता राखेर बजेट ल्याउन लागेको हो ।

राष्ट्रिय योजना आयोगले योजना बैंकमा प्रविष्ट गरेका झन्डै १३ सय आयोजनामा बजेट केन्द्रित गरिँदैछ । सरकारले यस पटक उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्ने बताएको छ ।

स्वदेशमा औद्यागिक उत्पादन लागत घटाउन कच्चा पदार्थको सहज उपलब्ध गराउने नीति बजेटले लिने जनाइएको छ।नवउद्यम र स्वरोजगारलाई जोड दिने गरी कार्यक्रम बजेटमा समेटिँदै छ ।

बजेटमा आर्थिक रोजगार दशक र कृषि लगानी दशकलाई विशेष प्राथमिकता दिइने भएको छ । कृषिजन्य वस्तुको निर्यात प्रोत्साहन गर्न गर्ने नीति लिइँदै छ ।

त्यस्तै औद्योगिक उत्पादन बढाउन निर्माणाधीन औद्योगिक ग्राम समयमा सक्ने गरी यथेष्ठ बजेट छुट्याइँदै छ । असमानता र गरिबी घटाउन सामाजिक सुरक्षाका कार्यक्रम परिस्कृत गर्ने तयारी पनि सरकारको छ ।

 

प्रकाशित मिति २०८२ जेठ १६ गते बिहीबार ०९:१०
हजुरको प्रतिक्रिया