२०८३ साउन २१ गते बिहीबार

जनताको हित र अभिमतभन्दा शाही इशारा किर्माथ ठूलो हुन सक्दैनः प्रधानमन्त्री ओली

जनताको हित र अभिमतभन्दा शाही इशारा किर्माथ ठूलो हुन सक्दैनः प्रधानमन्त्री ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १६ गते बिहीबार ०१:१०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुकुमी शासन व्यवस्थाबाट मुक्त भएर जनताले स्थापना गरेको गणतन्त्र अझै सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्। बिहीवार काठमाडौंको टुँडिखेलमा आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन...

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हुकुमी शासन व्यवस्थाबाट मुक्त भएर जनताले स्थापना गरेको गणतन्त्र अझै सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्।

बिहीवार काठमाडौंको टुँडिखेलमा आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले राज्य संयन्त्रलाई सेवा केन्द्रित बनाउन गणतन्त्रले खेलेको भुमिकालाई स्मरण गर्दै नागरिक सर्वोच्चताको सबैभन्दा ठूलो भएको बताए ।

उनले राज्यका अंग र जिम्मेवारीमा रहेका व्यक्तिहरुको आचरण र व्यवहारमा सुधारको आवश्यकता भएपनि राष्ट्रिय चुनौतीहरूको सामना लोकतान्त्रिक प्रणालीमार्फत मात्र गर्न सकिने जिकिर गरे ।

उनले इतिहासमा राजतन्त्रले जनतासँग भएका सम्झौता पटक–पटक उल्लंघन गरेको स्मरण गर्दै मुकुटको आडमा जनताको सेवा नभई जनतामाथि शासन गरिएको बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान समयमा पनि नागरिक अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरे । जनताको हित र अभिमतभन्दा शाही इशारालाई ठुलो भन्न नसकिने उनको भनाइ छ ।

उनले भने, ‘राज्यका अंग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका व्यक्तिहरुको आचरण र व्यवहारमा सुधार गर्नुपर्ने अझै धेरै कुरा हुनसक्छ । गरिबी, बेरोजगारी, भ्रष्टाचार राष्ट्रका यी चुनौतीहरु हुकुम बक्सिने एउटा मुकुटधारी खोजेर होइन लोकतान्त्रिक प्रणालीमा चुनावमार्फत इमानदार राजनीतिक शक्ति छनोट गरेर मात्र सामना गर्न सकिन्छ । इतिहास साक्षी छ, त्यो मुकुटको आडमा जनतामाथि शासन गरिएको थियो सेवा होइन । राज्य संयन्त्रलाई शासनबाट सेवा बनाउने काम गणतन्त्र आएपछि शुरु भएको हो । त्यो अझै सम्पन्न भइसकेको छैन । इतिहासका विभिन्न कालखण्डमा राजतन्त्र र जनताबीच संघर्ष र सम्झौताहरु भए । जनतासँग भएका सम्झौताहरुलाई पटक पटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेका थिए । नागरिक अधिकार खोस्ने दुस्प्रयास आज पनि भइरहेको छ । तर नागरिक सर्वोच्चता र स्वतन्त्रताको अभ्यासबाट हुर्केको आजको समाजले जनताको हित र अभिमतभन्दा शाही इशारा ठुलो किर्माथ भन्न सक्दैन ।’

निरंकुशतन्त्र र गणतन्त्रमध्ये कुन उत्तम हो भन्ने समाजको बहसको विषय नभएको समेत प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रकाशित मिति २०८२ जेठ १६ गते बिहीबार ०१:१०
हजुरको प्रतिक्रिया