२०८३ साउन २१ गते बिहीबार

एनभिए लिग: न्यु डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

एनभिए लिग: न्यु डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १६ गते बिहीबार ०४:२८

पोखरा । नेपाल पुलिस क्लबले पिएम कप एनभिए भलिबल लिग उपाधिमा ह्याट्रिक गरेको छ। पुलिसले अपराजित रहँदै नवौं संस्करणको उपाधि जित्यो । पुलिस लगातार तेस्रो पटक च्याम्पियन बनेको हो। टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई ३(१ ले हराउँदै...

पोखरा ।

नेपाल पुलिस क्लबले पिएम कप एनभिए भलिबल लिग उपाधिमा ह्याट्रिक गरेको छ।

पुलिसले अपराजित रहँदै नवौं संस्करणको उपाधि जित्यो । पुलिस लगातार तेस्रो पटक च्याम्पियन बनेको हो।

टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई ३(१ ले हराउँदै पुलिस उपाधि रक्षा गरेको हो।

पोखराको कभर्ड हलमा भएको खेलमा उत्कृष्ट लयमा रहेको पुलिसले राम्रो सुरुवात गर्यो। २५(२० ले पहिलो सेट जित्यो।

तर न्यु डायमण्डलरे दोस्रो सेटमा कमब्याक गर्यो। पुलिसले यो सेट २२(२५ ले गुमायो। खेल १(१ को बराबरीमा पुग्यो।

तेस्रो सेट निकै प्रतिस्पर्धामक बन्यो। जहाँ पुलिसले २८(२६ ले बाजी मार्यो। २(२ ले अगाडि बढेको पुलिसले चौथो सेट सहजै २५(१४ ले आफ्नो पक्षमा पार्यो ।

लिग चरणमा पनि पुलिसले न्यु डायमण्डलाई ३(० ले हराएको थियो। पुलिस लिगको शीर्षस्थानमा रहँदै र न्यु डायमण्ड दोस्रो हुँदै फाइनलमा पुगेका थिए।

आजै एभरेष्ट भलिबल क्लब तेस्रो भएको छ। नेपाल एपिएफ क्लबलाई ३(१ सेटले हराउँदै एभरेष्टले तेस्रो स्थानमा हासिल गरेको हो।थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले २५(१८,१०(२५,२५(१३,२९(२७ ले खेल जितेको हो।

पुलिस, न्यु डायमण्ड र नेपाल एपिएफ क्लब समान ३ पटक च्याम्पियन बनेको‌ छ।

प्रकाशित मिति २०८२ जेठ १६ गते बिहीबार ०४:२८
हजुरको प्रतिक्रिया