२०८३ असोज २५ गते आइतबार

गण्डकीमा आज सार्वजनिक यातायात सेवा ठप्प

गण्डकीमा आज सार्वजनिक यातायात सेवा ठप्प

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १७ गते शुक्रबार ०८:४२

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धि नियमावलीको विरोध जनाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा व्यवसायीले यातायात सेवा ठप्प पारेका हुन् ।

राइड सेयरिङको कानुनी मान्यताविरुद्ध व्यवसायीको विरोध

पोखरा ।

यातायात व्यवसायीले राइड सेयरिङको विरोध जनाउँदै गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धि नियमावलीको विरोध जनाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा व्यवसायीले यातायात सेवा ठप्प पारेका हुन् ।

उनीहरुले नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी संचालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् ।

जेठ १९ देखि देशभर यातायात सेवा ठप्प पार्ने महासंघको तयारी छ । यसअघि एक हप्ताभित्र माग पूरा नभए सेवा ठप्प पार्ने घोषणा गरेका थिए ।

गण्डकी प्रदेश सरकारले बैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धि नियमावली जारी गरेको थियो ।

प्रकाशित मिति २०८२ जेठ १७ गते शुक्रबार ०८:४२
हजुरको प्रतिक्रिया