२०८३ साउन २१ गते बिहीबार

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ’के’ मा

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ’के’ मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १७ गते शुक्रबार ०९:२२

आउँदो सेप्टेम्बर १ देखि ९ सम्म हुने छनोटका लागि ४४ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहको खेल आउँदो सेप्टेम्बरमा ताजकिस्तानमा हुनेछ ।

पोखरा ।

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ’के’ मा परेको छ ।

मलेशियाको क्वालालम्पुरमा रहेको एएफसी हाउसमा हिजो भएको ’ड्र’ अनुसार नेपालसहित ताजकिस्तान, सिरिया र फिलिपिन्स समूह ’के’ मा परेका छन् । आउँदो सेप्टेम्बर १ देखि ९ सम्म हुने छनोटका लागि ४४ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूहको खेल आउँदो सेप्टेम्बरमा ताजकिस्तानमा हुनेछ ।

आयोजक साउदी अरेबिया यसअघि नै छनोट भइसकेको छ । प्रतियोगिताबाट ११ समूह विजेता र ४ उत्कृष्ट उपविजेता एशियन कपमा छनोट हुनेछन् ।

प्रकाशित मिति २०८२ जेठ १७ गते शुक्रबार ०९:२२
हजुरको प्रतिक्रिया