२०८३ साउन २१ गते बिहीबार

बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको छ, कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छः चन्द्रप्रसाद ढकाल

बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको छ, कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छः चन्द्रप्रसाद ढकाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १८ गते शनिबार ०९:०१

उनले नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लिखित सुझावहरू दिएको उल्लेख गर्दै धेरै जसो सुझावहरू बजेटमा समेटिएको बताए ।
बजेटमा समावेश भएका विषयहरू आउने दिनमा कार्यान्वयन हुँदै गए निजी क्षेत्र र नागरिकले चाहेको नतिजा निस्कने उनले जिकिर गरे ।

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको बताएका छन् ।

नेपाल अडिटर्स एशोसिएशन (अडान) को सातौँ राष्ट्रिय महाधिवेशनको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लिखित सुझावहरू दिएको उल्लेख गर्दै धेरै जसो सुझावहरू बजेटमा समेटिएको बताए ।

बजेटमा समावेश भएका विषयहरू आउने दिनमा कार्यान्वयन हुँदै गए निजी क्षेत्र र नागरिकले चाहेको नतिजा निस्कने उनले जिकिर गरे । आगामी बजेटले नयाँ विषयहरूलाई पनि समेटेको बताउँदै यसले निजी क्षेत्रलाई उत्साहित बनाएको उनको भनाइ थियो ।

उनले भने, “हिजो मात्रै बजेट आएको छ, बजेटमा निजी क्षेत्रले उठाएका धेरै कुराहरू, उद्योग वाणिज्य महासंघले बजेटभन्दा पहिला माननीय उपप्रधान तथा अर्थमन्त्री ज्यूलाई कार्यालयमै बोलाएर लिखित सुझावहरू दिएका थियौँ । त्यो सुझावमध्ये धेरै जसो सुझावहरू बजेटमा समेटिएको छ । बजेटमा समावेश भएका कुराहरूलाई आउने दिनमा कार्यान्वयन हुँदै गयो भने पक्कै पनि निजी क्षेत्रले चाहेको र पब्लिकले चाहेको चिजहरूको रिजल्ट आउनेछ भन्ने कुरा म राख्न चाहन्छु । अहिलेको बजेटले नयाँ विषयहरूलाई पनि समावेश गरेको देखिन्छ ।”

उद्योग वाणिज्य महासंघ र अडिटर्स एशोसिएशनबिचको सहकार्यलाई आउने दिनमा अझै प्रगाढ बनाएर लैजाने उनले बताए ।

प्रकाशित मिति २०८२ जेठ १८ गते शनिबार ०९:०१
हजुरको प्रतिक्रिया