क्लब दर्ता असार ५ गतेसम्म गर्नुपर्ने, खेल तालिका असार १६ गते सार्वजनिक गरिने
पोखरा ।
एन्फा यू–१६ युथ लिग आगामी असार २० गतेदेखि सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच शुक्रबार एन्फा यु–१६ युथ लिग सम्बन्धी छलफल भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले लिगको मिति तय गरेको हो ।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न उक्त छलफल पछि एन्फाले असार २० देखि एन्फा यु–१६ लिग सुरु गर्ने निर्णय भएको जानकारी दिएको छ ।
साथै सहभागी प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप रु ३ लाख ५० हजार प्रदान गर्ने निर्णय गरिएको पनि गरिएको एन्फाले जनाएको छ ।
प्रतियोगितामा सहभागी क्लबहरूले खेलाडी दर्ताका क्रममा अनिवार्य रूपमा नाबालक परिचयपत्र पनि पेश गर्नुपर्ने छ ।
क्लबहरूले न्यूनतम खेलाडीहरू असार १५ गतेसम्म अनिवार्य रूपमा दर्ता गरिसक्नुपर्ने एन्फाले जनाएको छ ।
एन्फाका अनुसार क्लब दर्ता असार ५ गतेसम्म गर्नुपर्नेछ भने प्रतियोगिताको खेल तालिका असार १६ गते सार्वजनिक गरिनेछ ।
प्रकाशित मिति २०८२ जेठ १८ गते शनिबार ०९:१०




