२०८३ साउन २१ गते बिहीबार

‘प्रथम गण्डकी लोक तारा’काे अडिसन जारी

‘प्रथम गण्डकी लोक तारा’काे अडिसन जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १८ गते शनिबार ०५:५४

पोखरा ।  ‘प्रथम गण्डकी लोक तारा’काे पहिलाे राउण्डकाे अडिसन जारी रहेकाे छ ।   ‘प्रथम गण्डकी लोक तारा’काे पहिलाे चरणकाे अडिसन अन्तरगत प्रदेशका प्रतिष्ठान गठन भएका ९ जिल्लाहरूमा हुने प्रतियाेगिता संयाेजक कृष्ण सुवेदीले बताए । राष्ट्रिय...

फाइनल प्रतिष्पर्धा असार ७ गते

पोखरा । 

‘प्रथम गण्डकी लोक तारा’काे पहिलाे राउण्डकाे अडिसन जारी रहेकाे छ । 

 ‘प्रथम गण्डकी लोक तारा’काे पहिलाे चरणकाे अडिसन अन्तरगत प्रदेशका प्रतिष्ठान गठन भएका ९ जिल्लाहरूमा हुने प्रतियाेगिता संयाेजक कृष्ण सुवेदीले बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति पोखराले आयोजना गरेकाे लाेक ताराका लागि हरेक जिल्लाबाट प्रथम चरणमा २ जना छानिने र छनाेट भएका १८ जनाले असार ७ मा हुने फाइनलमा प्रतिष्पर्धा गर्ने सुवेदीले जानकारी दिए ।

लाेक ताराकाे पहिलाे चरणकाे अडिसन अन्तरगत अब ९ जिल्लामध्ये लमजुङ र तनहुँकाे मात्र अडिसन बाँकी रहेकाे प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीले बताए । ‘पछिल्लाे समय लाेकगीत कमै मात्रामा गाउने तथा रेकर्ड हुने गरेकाले नयाँ कलाकारलाई मञ्च प्रदान पनि हुने तथा नयाँ प्रतिभाहरू पनि याे क्षेत्रमा प्रवेश गर्न सहयाेगी बन्ने भएकाेले प्रतियाेगिता शुरू गरेका हाैँ, कार्कीले भने । 

प्रतियोगितामा प्रथमले लोक ताराको उपाधि सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ समेत हात पार्नेछन् । द्वितीय पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँ, तृतीय पुरस्कार २१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ रहको छ । प्रथम,  द्वितीय र तृतीय हुने ३ जनाले एक एकवटा लाेकगीतकाे अडियाे निशुल्क रेकर्ड गर्न पाउने अध्यक्ष कार्कीले उल्लेख गरे ।

प्रतियाेगितामा सहभागि भएर तथा फाइनलका दिन उपस्थित भएर कार्यक्रम भव्य बनाउन प्रतिष्ठानले विभिन्न संघसंस्था एवं लाेकगीत पारखीहरूमा अनुराेध गरेकाे छ ।

प्रकाशित मिति २०८२ जेठ १८ गते शनिबार ०५:५४
हजुरको प्रतिक्रिया