२०८३ असोज २५ गते आइतबार

जुरेभुमी युवा क्लबद्वारा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न, ५६ जनाले गरे रक्तदान

जुरेभुमी युवा क्लबद्वारा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न, ५६ जनाले गरे रक्तदान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १८ गते शनिबार ०८:३३

आगामी दिनमा पनि यस्ता सहयोग, सल्लाह र सुझावको अपेक्षा क्लबले गर्ने बताएका छन्।

कास्की ।

कास्की जिल्लाको मादी गाउँपालिका–६ स्थित श्री जुरेभुमी युवा क्लबको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १३, काहुखोला (तल्लो बसपार्क) मा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष गंगाधर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री माननीय बेद बहादुर गुरुङ (श्याम) रहेका थिए । कार्यक्रमका विशेष अतिथिमा पोखरा महानगरपालिका–१३ का संस्थापक वडा अध्यक्ष तथा समाजसेवी दर्शन लामा, मादी–६ का अध्यक्ष शान्ति क्षेत्री, मादी–४ का वडा अध्यक्ष शिवप्रसाद सापकोटा, मादी–६ का संस्थापक वडा अध्यक्ष पस बहादुर बास्तोला लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थामा आबद्ध प्रतिनिधिहरू सहभागी रहेका थिए । कार्यक्रम सञ्चालन क्लब सल्लाहकार समिति सदस्य अनिल पौडेलले गरेका थिए ।

प्रमुख अतिथि गुरुङले मन्तव्य राख्दै युवा क्लबले खेलकुदका साथै समाजमा रहेका विकृति–विसंगति विरुद्ध सचेतना फैलाउने, विकास निर्माणमा हातेमालो गर्ने र यस्ता रचनात्मक कार्यक्रम आयोजना गर्नु समाजका लागि प्रेरणादायक हुने बताइन् । क्लबका सल्लाहकार समिति सदस्य रवि क्षेत्रीका अनुसार, कार्यक्रममार्फत ५६ जना स्वयंसेवकहरूले रक्तदान गरेका छन्, जसले अस्पतालमा ज्यान बचाउन संघर्ष गरिरहेका बिरामीहरूका लागि जीवनदायी योगदान पु¥याउनेद्छ।

क्लब अध्यक्ष बरालले आगामी दिनहरूमा यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिदैँ, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरे । साथै आगामी दिनमा पनि यस्ता सहयोग, सल्लाह र सुझावको अपेक्षा क्लबले गर्ने बताएका छन्।

प्रकाशित मिति २०८२ जेठ १८ गते शनिबार ०८:३३
हजुरको प्रतिक्रिया