२०८३ साउन २१ गते बिहीबार

बागलुङ बजारमा बृहत् सडक सेवा सञ्चालन, ६ जना सडक मानवको उद्धार

बागलुङ बजारमा बृहत् सडक सेवा सञ्चालन, ६ जना सडक मानवको उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १९ गते आइतबार ०९:४६

पोखरा ल्याइएका मध्ये दुई जनालाई हेम्जा शाखामा र एक जनालाई चोरपाटन शाखामा आश्रय दिइएको छ ।
यसअघि पनि तीन दिनअघि एक जनालाई उद्धार गरी पोखरा ल्याइएको थियो भने अहिले बाँकी सबैलाई सुरक्षितरूपमा व्यवस्थापन गरिएको मानव सेवा आश्रमका प्रतिनिधिले जानकारी दिएका छन् ।

बागलुङ ।

बागलुङ बजारका मुख्य सडक किनारमा विगत लामो समयदेखि बसोबास गर्दै आएका ६ जना बेघर तथा आश्रयविहीन व्यक्तिहरूको उद्धार गरिएको छ ।

ती व्यक्तिहरूले सडकमा नै बस्ने, खुल्ला स्थानमै दिशा–पिसाब गर्ने, मदिरा सेवन गरी होहल्ला तथा झगडा गर्नेजस्ता गतिविधिका कारण स्थानीय बासिन्दालाई अत्यधिक हैरानी हुने स्थिति सिर्जना हुँदै आएको थियो ।

उद्धार गरिएका व्यक्तिहरूमा अन्त जैशी, आले सार्की, भूपेश नेपाली, मिनबहादुर सार्की, जितेन्द्र गिरी (भारतीय नागरिक) र मीना नेपाली रहेका छन् । तीमध्ये पाँच जना पुरुष र एक जना महिला छन् ।

मानव सेवा आश्रम बागलुङ शाखा तथा पोखरा शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय बागलुङ र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा भएको उद्धार अभियान अन्तर्गत तीन जनालाई मानव सेवा आश्रम बागलुङ शाखामा राखिएको छ भने स्थान अभावका कारण बाँकी तीन जनालाई पोखरा ल्याइएको छ ।

पोखरा ल्याइएका मध्ये दुई जनालाई हेम्जा शाखामा र एक जनालाई चोरपाटन शाखामा आश्रय दिइएको छ ।

यसअघि पनि तीन दिनअघि एक जनालाई उद्धार गरी पोखरा ल्याइएको थियो भने अहिले बाँकी सबैलाई सुरक्षितरूपमा व्यवस्थापन गरिएको मानव सेवा आश्रमका प्रतिनिधिले जानकारी दिएका छन् ।

मानव सेवा आश्रमका अनुसार उद्धार गरिएका व्यक्तिहरूका घरपरिवार भए तापनि उनीहरू सबैजना परिवारसँग नबसी सडकमा जाँडरक्सी सेवन गर्दै माग्ने कार्यमा संलग्न थिए ।

“हामीले उद्धार गरेका व्यक्तिहरूको घर त छ, तर परिवारमै सबैजना जाँडरक्सी सेवन गर्ने भएकाले सडकमा बस्न बाध्य भएका छन् । आश्रम भने वास्तविक सहयोगापेक्षी, जसको केही छैन, कोही छैन, शारीरिक वा मानसिक रूपमा कमजोर छन्, त्यस्ता व्यक्तिहरूका लागि हो,” मानव सेवा आश्रम पोखरा शाखाका प्रतिनिधिले भने ।

मानव सेवा आश्रमले मानवता प्रवद्र्धन महाअभियान २०८२ अन्तर्गत सडक मानव उद्धारलाई निरन्तरता दिइरहेको छ ।

“सकारात्मक सोच र सहयोगी भावना भए परिवर्तन सम्भव छ । आउनुहोस्, सबै मिलेर मानवता प्रवद्र्धन महाअभियानलाई सफल बनाऔं,” आश्रमका संयोजकको आग्रह छ ।

प्रकाशित मिति २०८२ जेठ १९ गते आइतबार ०९:४६
हजुरको प्रतिक्रिया