२०८३ साउन २१ गते बिहीबार

मुम्बई इन्डियन्सलाई हराउँदै पन्जाब किंग्स् आईपीएल क्रिकेटको फाइनलमा

मुम्बई इन्डियन्सलाई हराउँदै पन्जाब किंग्स् आईपीएल क्रिकेटको फाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २० गते सोमबार ०९:४९

यससँगै पन्जाब ११ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो । यसअघि पन्जाबले २०१४ को फाइनल खेलेको थियो ।
अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हिजो राति भएको खेलमा मुम्बईले दिएको २०४ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

आइपीएलको फाइनल खेल मंगलबार अहमदाबाद मैदानमा हुने

पोखरा ।

मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पन्जाब किंग्स्ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

यससँगै पन्जाब ११ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो । यसअघि पन्जाबले २०१४ को फाइनल खेलेको थियो ।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हिजो राति भएको खेलमा मुम्बईले दिएको २०४ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । कप्तान श्रेयस अएरले ८७ रन बनाए ।

मुम्बईका अश्विनी कुमारले दुई विकेट लिए । अऐरले ४१ बलमा ५ चौका र ८ छक्कासहित ८७ रनको योगदान दिए। नेहाल वाधेराले २९ बलमा ४८ रन बनाए। नेहाल र श्रेयसले चौथो विकेटका लागि ८४ रनको

साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए। ओपनर प्रियांश आर्याले २० रन जोडे। जोश इंग्लिसले ३८ रनको योगदान दिँदा प्राभ्सिम्रन सिंहले ६ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४ रन बनाए । पन्जाबका अजमतुल्लाह उमरजाईले २ विकेट लिए । मुम्बईका अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले १–१ विकेट हात पारे ।

मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो ।कप्तान रोहित शर्मालाई तेस्रो ओभरमै ८ रनमा गुमाएपछि जोनी बेयरस्टो र तिलक वर्माले ५१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए ।

नमन धिरले १८ बलमा ७ चौकासहित ३७ रन जोडेसँगै मुम्बईले २ सय रनको आँकडा छोएको थियो । कप्तान हार्दिक पान्ड्याले १३ बलमा १५ बनाए ।

पन्जाबका लागि अजमतुल्लाह ओमारजाइले २ तथा काइल जेमीसन, मार्कस स्टोइनस, विजयकुमार वाइसक र युजभेन्द्र चहलले १–१ विकेट लिए ।

पहिलो क्वालिफायर्समा पन्जाबलाई ८ विकेटले हराउँदै रोयल च्यालेंजर्स बेंगलुरुले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

आइपीएल क्रिकेटको फाइनल खेल मंगलबार अहमदाबाद मैदानमा हुनेछ ।

अब पन्जाबले भोलिको फाइनलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग खेल्नेछ ।

 

प्रकाशित मिति २०८२ जेठ २० गते सोमबार ०९:४९
हजुरको प्रतिक्रिया