२०८३ असोज २३ गते शुक्रबार

गण्डकी सरकार भ्रष्टाचारबाट शुरू भयाे – पृथ्वीसुब्बा गुरूङ

गण्डकी सरकार भ्रष्टाचारबाट शुरू भयाे –  पृथ्वीसुब्बा गुरूङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २६ गते शनिबार ०६:१३

पाेखरा । गण्डकी प्रदेशकाे प्रमुख प्रतिपक्षी नेकपा एमालेले भर्खरै बनेकाे गठबन्धनकाे सरकारमाथि भ्रष्टाचारको आरोप लगाएकाे छ । शनिबार पाेखरामा आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा...

पाेखरा । गण्डकी प्रदेशकाे प्रमुख प्रतिपक्षी नेकपा एमालेले भर्खरै बनेकाे गठबन्धनकाे सरकारमाथि भ्रष्टाचारको आरोप लगाएकाे छ ।

शनिबार पाेखरामा आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गठबन्धनबाट बनेकाे सरकारले कार्यकर्ता पाेस्न १६ कराेड रकम बाँडेर भ्रस्टाचारबाट आफ्नाे कार्य सुरू गरेकाे आराेप लगाए । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेको भन्दै उनले भने, ‘गैरबजेटरी खर्च नै भ्रष्टाचारको सुरुवात हो । आर्थिक बर्ष सकिन १० दिन बाँकी रहँदा जिल्ला सभापतीकाे सिफारिसमा बाँडिएकाे १६ करोड भ्रष्टाचारको मुद्दा बन्ने र यसमा सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा गुरूङले यसअघि बर्तमान सरकारले आफूहरूमा लगाएकाे आराेपकाे खण्डन गरेका थिए । गठबन्धनकाे गण्डकी सरकारले निवर्तमान मुख्यमन्त्री गुरूङले जाँदाजाँदै ४ अर्बभन्दा बढीको टेण्डर गरेर हिँडेकाे आरोप लगाएकाे थियाे ।

आफूहरूले दीर्घकालिन महत्वका पञ्चबर्षीय याेजना विधि र प्रकृयाबाटै आधिकारिक टेण्डर आव्हानमार्फत गरेकाे भन्दै विधिभन्दा बाहिर कार्य गरेकाे भए प्रमाणित गरेर देखाउन चुनाैतीसमेत दिए । गुरूङले आफूँमा लगाइएकाे आराेपकाे खण्डनमा सरकारमाथी प्रहार गर्दै भने ‘ बाजले माथिबाट दुरदृष्टि राख्छ, कुखुराले रच्छ्यानकाे फाेहर खाेतल्छ ।’

नेता गुरुङले भाेलीदेखि चल्ने बजेट अधिवेसनमा सरकारले जारी गर्ने बजेट पुस्तिका ( राताे किताव ) हेरेर सरकारका विरूद्दमा थप धारणा बनाइने स्पष्ट पारे ।

प्रकाशित मिति २०७८ असार २६ गते शनिबार ०६:१३
हजुरको प्रतिक्रिया