२०८३ असोज २४ गते शनिबार

आइपीएलको फाइनल आज, उपाधिका लागि आरसीबी र पञ्जाव किंग्स भिड्दै

आइपीएलको फाइनल आज, उपाधिका लागि आरसीबी र पञ्जाव किंग्स भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २१ गते मंगलबार ०९:०९

उपाधि भिडन्त अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ देखि खेल सुरु हुनेछ ।
दुवै टोली पहिलो पटक च्याम्पियन बन्ने होडमा छन् । आज जसले जितेपछि यस पटक नयाँ टोलीले आइपीएल जित्ने पक्का भइसकेको छ ।

पोखरा ।

इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल आज हुँदैछ ।

उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसीबी) र पञ्जाव किंग्स भिड्दै छन् ।

उपाधि भिडन्त अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ देखि खेल सुरु हुनेछ ।

दुवै टोली पहिलो पटक च्याम्पियन बन्ने होडमा छन् । आज जसले जितेपछि यस पटक नयाँ टोलीले आइपीएल जित्ने पक्का भइसकेको छ ।

बेङ्लुरुले पहिलो क्वालिफायरमा पञ्जावलाई नै हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

त्यस्तै पञ्जावले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सविरुद्ध जित निकाल्दै बेङ्लुरुसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

बेङ्लुरु चौथो तथा पञ्जाव दोस्रो पटक फाइनल खेल्दैछन् । यसअघि बेङ्लुरु सन् २००९ मा डेक्कन चार्जर्स, २०११ मा चेन्नई सुपर किंग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।

यसैगरी पञ्जावलाई सन् २०१४ मा कोलकाता नाइट्स राइडर्सले निरास बनाएको थियो ।

यो सिजन लिग चरणमा भएको भेटमा पञ्जाव पाँच तथा बेङ्लुरु सात विकेटले विजयी भएका थिए ।

प्रकाशित मिति २०८२ जेठ २१ गते मंगलबार ०९:०९
हजुरको प्रतिक्रिया