२०८३ साउन २१ गते बिहीबार

आइसीसी विश्वकप लिग २ : नेपालको विजयी शुरुवात

आइसीसी विश्वकप लिग २ : नेपालको विजयी शुरुवात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २१ गते मंगलबार ०९:१३

यो जितपछि नेपालको लिग–२ मा १३ खेलमा ८ अंक भएको छ र नेपाल एक स्थान माथि उक्लिदै सातौं स्थानमा पुगेको छ । पराजित स्कटल्याण्ड १७ खेलमा २० अङकका साथ चौथो स्थानमा छ ।

स्कटल्याण्ड १ विकेटले पराजित, यो जितपछि नेपालको लिग–२ मा १३ खेलमा ८ अंक

पोखरा ।

नेपालले आइसीसी विश्वकप लिग २ अन्तर्गतको सिरिजमा विजयी शुरुवात गरेको छ ।

गएराति सम्पन्न खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो ।

स्टल्याण्डले दिएको २९७ रनको लक्ष्य पछाएको नेपालले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा करण केसीले शानदार ब्याटिंग गरेका थिए । करणले अविजित ६५ रन बनाउदै नेपाललाई जित दिलाए ।

त्यस्तै कुशल भुर्तेलले ५३, गुलशन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७, आसिफ सेखले २० रन बनाएका थिए ।

स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलेनले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २९६ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि चार्ली टीरले सर्बाधिक ८० रन बनाए भने फिनाली म्याकरीथले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान रिची बेरिंगटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएका थिए ।

नेपाली बलर रिजन ढकाल, करण केसी र सोमपाल कामीले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले एक विकेट लिए ।

यो जितपछि नेपालको लिग–२ मा १३ खेलमा ८ अंक भएको छ र नेपाल एक स्थान माथि उक्लिदै सातौं स्थानमा पुगेको छ । पराजित स्कटल्याण्ड १७ खेलमा २० अङकका साथ चौथो स्थानमा छ ।

विश्वकप लिग टू ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो ।

लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ ।

पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । अब यस सिरिज अन्तर्गत नेपालले अर्को खेल भोलि नेदरल्याण्डससँग खेल्ने छ ।

 

प्रकाशित मिति २०८२ जेठ २१ गते मंगलबार ०९:१३
हजुरको प्रतिक्रिया