२०८३ साउन २१ गते बिहीबार

आईसीसी विश्वकप लिग–२ : नेपालले आज नेदरल्याण्डसँग खेल्दै

आईसीसी विश्वकप लिग–२ : नेपालले आज नेदरल्याण्डसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २२ गते बुधबार ०९:०५

स्कटल्यान्डको डन्डीमा नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।
नेदरल्यान्ड्सको यस सिरिजको पहिलो खेल हो ।

पोखरा ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ ।

स्कटल्यान्डको डन्डीमा नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्सको यस सिरिजको पहिलो खेल हो । नेपालले गत वर्ष घरेलु मैदानमा लिग २ को सुरुआत गर्दा १ खेलमा जित हात पारेको थियो भने अर्को खेलमा पराजित भएको थियो ।

नेपालले अस्ट्रेलियाका स्टुवार्ट लको प्रशिक्षणमा पहिलो आधिकारिक खेलमा शानदार जित हात पारेको छ ।

सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा एक विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको थियो ।

नेपालको जितमा करण केसीले शानदार ब्याटिंग गरेका थिए । करणले अविजित ६५ रन बनाउदै नेपाललाई जित दिलाएका थिए ।

त्यस्तै कुशल भुर्तेलले ५३, गुलशन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७, आसिफ सेखले २० रन बनाएका थिए ।

नेपाली बलर रिजन ढकाल, करण केसी र सोमपाल कामीले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

जितपछि नेपाल लिग टुको तालिकामा पुछारबाट सातौं स्थानमा उक्लिएको छ ।  नेपालले १३ खेलमा ३ जितसहित ८ अंक जोडेको छ ।

२० खेलमा १२ मा जित निकालेको नेदरल्याण्ड २६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदा १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ ।

अमेरिका भने तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति २०८२ जेठ २२ गते बुधबार ०९:०५
हजुरको प्रतिक्रिया