२०८३ साउन २१ गते बिहीबार

पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २२ गते बुधबार ०३:४३

पोखरा । पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जेठ २७ देखि ३१ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा...

पोखरा ।

पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जेठ २७ देखि ३१ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लबले सहभागिता जनाउने छन् । खेलहरु राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछन् । प्रतियोगिताका विजेताले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए । तेस्रो हुने टोलीले एक लाख पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूले समान २० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।सहभागी टिममा विदेशी खेलाडीको हकमा ३ जनासम्म खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।
नेपालको लोकप्रिय र गतिशील हुँदै गएको खेलको रूपमा रहेको भलिवलको विकासमा एउटा इटा थप्ने प्रयास स्वरूप प्रतियोगिता गरिएको एकेडेमीका अध्यक्ष कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति २०८२ जेठ २२ गते बुधबार ०३:४३
हजुरको प्रतिक्रिया