२०८३ साउन २१ गते बिहीबार

विश्वकप लिग–२ः नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य

विश्वकप लिग–२ः नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २२ गते बुधबार ०७:५४

करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुईदुई विकेट लिए ।

काठमाडौं

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डको फोर्थिल डण्डीमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९ ओभर १ बलमा २२५ रनमा समेटियो ।

नेदरल्यान्ड्सका लागि नूह क्रोसले सर्वाधिक ४८ रन बनाए । उनले रोएलफ भ्यान डेर मेर्वेसँग आठौं विकेटका लागि ५५ रनको साझेदारी गरे ।

मेर्वे २० रनमा आउट भए । कप्तान स्कट एडवर्ड्सले ४६, विक्रमजीत सिंहले ३८, ज्याक लायन क्याचेटले २७ र तेजा निदामानरुले १३ रनको योगदान दिए ।

बलिङमा नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुईदुई विकेट लिए ।

प्रकाशित मिति २०८२ जेठ २२ गते बुधबार ०७:५४
हजुरको प्रतिक्रिया