२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधि सभा बैठक आज बस्दै

प्रतिनिधि सभा बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २६ गते आइतबार ०९:२८

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

पोखरा ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ः०० बजे बस्ने तय भएको छ ।

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नेछन् ।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति २०८२ जेठ २६ गते आइतबार ०९:२८
हजुरको प्रतिक्रिया