२०८३ साउन २१ गते बिहीबार

१४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आजदेखि

१४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २६ गते आइतबार १०:०३

प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र÷छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र÷छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कास्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

पोखरा ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

राखेप सदस्य–सचिव टंकलाल घिसिङका अनुसार प्रतियोगितामा सात प्रदेशका चार सय ७६ खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र÷छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र÷छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कास्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स र रग्बी त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला, टेबलटेनिस लैनचौरमा रहेको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बुढानीलकण्ठमा रहेको ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद आयोजना गरिएको राखेपले जनाएको छ ।

प्रकाशित मिति २०८२ जेठ २६ गते आइतबार १०:०३
हजुरको प्रतिक्रिया