२०८३ असोज २५ गते आइतबार

बाजुराको बाम्का बजारमा भएको आगलागीबाट १५ करोड रुपैयाँभन्दा धेरैको क्षति

बाजुराको बाम्का बजारमा भएको आगलागीबाट १५ करोड रुपैयाँभन्दा धेरैको क्षति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २६ गते आइतबार १०:०८

बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा आगलागीबाट ३१ वटा पसल पूर्ण रूपमा र सात वटामा आंशिक क्षति भएको छ । क्षतिपछि पीडितलाई राहत वितरणका लागि बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

पोखरा ।

बाजुराको बाम्का बजारमा गत शुक्रबार भएको आगलागीबाट १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा आगलागीबाट ३१ वटा पसल पूर्ण रूपमा र सात वटामा आंशिक क्षति भएको छ ।

क्षतिपछि पीडितलाई राहत वितरणका लागि बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्वार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बानियाँको संयोजकत्वमा समिति गठन गरेको वडा–६ का अध्यक्ष हेमराज जैशीले जानकारी दिए ।

दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि तीन तहका सरकार र संघसंस्थालाई आह्वान गर्ने निर्णय गरेको छ ।

बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले तत्कालका लागि एक लाख राहतस्वरुप सहयोग गरेको छ ।

शुक्रबार दिउँसो ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको थियो । विस्थापित परिवार छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् ।

आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध छ ।

प्रकाशित मिति २०८२ जेठ २६ गते आइतबार १०:०८
हजुरको प्रतिक्रिया