२०८३ असोज २४ गते शनिबार

सुनचाँदी व्यवसायी आन्दोलनमा

सुनचाँदी व्यवसायी आन्दोलनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २६ गते आइतबार १२:३५

सुनचाँदी व्यवसायीहरुले सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । । सुनचाँदीमा सरकारले लगाएको करका विरुद्ध ध्यानाकर्षण गराउने भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष...

सुनचाँदीमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै व्यवसायी आन्दोलित

सुनचाँदी व्यवसायीहरुले सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । ।

सुनचाँदीमा सरकारले लगाएको करका विरुद्ध ध्यानाकर्षण गराउने भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाई व्यवसायीहरु आन्दोलित भएका हुन् । आईतवार उनीहरुले न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म ¥यालीसहित आन्दोलन गरेका हुन् ।

कानूनले सुनलाई नगदसरहको सम्पत्तिको मान्यता दिएकाले सुनमा लगाइएको २ प्रतिशत विलासी शुल्क खारेज हुनुपर्ने संघर्ष समितिको माग छ ।

त्यस्तै हिरा, जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गरेर पूर्ववत व्यवस्था कायम गरिनुपर्ने, उपभोक्ताहित, गहना उत्पादक तथा कालिगढ, व्यवसायीमैत्री सुनचाँदी सम्बन्धी ऐन, कानून र कार्यविधि तुरुन्त जारी गरिनुपर्ने, सानो परिमाणमा ५० ग्राम र १०० ग्रामका सुनका टुक्राहरु खुल्ला रुपमा पान नम्बर र कर चुक्ता प्रमाणापत्रको आधारमा गहना उत्पादक तथा कालिगढ व्यवसायीले खरिद गर्ने व्यवस्था मिलाइनुपर्ने उनीहरुको माग छ ।

सरकारले अगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति २०८२ जेठ २६ गते आइतबार १२:३५
हजुरको प्रतिक्रिया