२०८३ असोज २५ गते आइतबार

हङकङमा घरेलु कामदारको माग धेरै छः डिस्ट्रिक्ट काउन्सिलर गुरुङ

हङकङमा घरेलु कामदारको माग धेरै छः डिस्ट्रिक्ट काउन्सिलर गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २६ गते आइतबार १२:३८

हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा घरेलु कामदारको माग भने धेरै रहेको बताएकी छन् । तमु बौद्ध सेवा समितिले आईतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले...

हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा घरेलु कामदारको माग भने धेरै रहेको बताएकी छन् ।

तमु बौद्ध सेवा समितिले आईतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले हङकङमा धेरै सुविधाहरु रहेको भएपनि भाषाको कमजोरीका कारण नेपालीहरुले सदुपयोग गर्न नसकेको बताइन् ।

उनले हङकङमा नेपालीहरु अन्य देशहरुको तुलनामा भाषाको कमजोरीका कारण पिछडिएको आफ्नो अनुभव रहेको उल्लेख गरिन् ।

हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएको पनि जानकारी दिइन् ।

उनले भनिन्, ‘हङकङमा थुप्रै पm्यासालिटीहरु छ । तर नेपालीहरुले भाषाको कमजोरीका कारण जति पनि ट्याक्स तिरेर काम गरेपनि हामीले यो कुरा थाहा पाएनौँ । त्यसको लागि इन्टरडिपेण्डेन्ट सर्भिस पनि गरेका थियौँ । इण्डियन कम्युनिटीहरु पनि छ, पाकिस्तानी, बंगलादेशी छन् । त्यसमध्येमा पनि हामी नेपालीहरु हङकङमा अलि पिछडिएको जस्तो लाग्छ । हामी गोरखाली भएर यत्रो राम्रो काम हङकङको लागि गरेका छौँ । हाम्रो लागि पनि किन नगर्ने रु भन्ने आवाज उठाएको छु । आउँदो दिनमा नेपालका लागि राम्रो काम गर्ने विश्वास छ । हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएको छ । घरेलु कामदारमा हङकङमा धेरै डिमाण्ड छ ।’

हङकङमा रोजगारीका लागि धेरै नेपालीहरु पुग्ने गरेका छन् । आन्तरिक कामदारको लागि खाडी मुलुकको भन्दा आर्थिक हिसावले र सुरक्षाका दृष्टिकोणले पनि हङकङ राम्रो रहेको गुरुङको भनाइ छ ।

प्रकाशित मिति २०८२ जेठ २६ गते आइतबार १२:३८
हजुरको प्रतिक्रिया