२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशका ५ जनामा अझ धेरै संक्रामक डेल्टा भेरियन्ट पुष्टि

गण्डकी प्रदेशका ५ जनामा अझ धेरै संक्रामक डेल्टा भेरियन्ट पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २७ गते आइतबार ०१:५१

पाेखरा । गण्डकी प्रदेशका ५ जनामा काेभिडको नयाँ संक्रामक डेल्टा भेरियन्ट पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यो भेरियन्ट यस अघि फेला परेको अल्फा भेरियन्टभन्दा अझ धेरै संक्रामक भेरियन्ट हो । डेल्टा भेरियन्टको...

थप स्वास्थ्य सतर्कता अपनाउन र सावधान हुन प्रदेश स्वास्थ्य निर्देशनालयको अनुराेध

पाेखरा । गण्डकी प्रदेशका ५ जनामा काेभिडको नयाँ संक्रामक डेल्टा भेरियन्ट पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यो भेरियन्ट यस अघि फेला परेको अल्फा भेरियन्टभन्दा अझ धेरै संक्रामक भेरियन्ट हो । डेल्टा भेरियन्टको संक्रमण दर धेरै हुने निर्देशनालयले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयले नयाँ भेरियन्ट जाँचका लागि गत जेठ ३१ गते नमुना संकलन गरि काठमाडाै पठाएको थियो । यसरी पठाइएका नमुनामध्ये ५ वटा नमुनाहरुमा डेल्टा भेरियन्ट पुष्टि भएको हो ।

कालिगण्डकी गाउँपालिका स्याङ्जाका एक १४ बर्षीय यूवा र ६० बर्षीय पुरुषसहित बारपाक सुलिकाेट गाउँपालिकाका ३३ बर्षीय, ४० बर्षीय र ७० बर्षीय महिलामा याे भेरियन्ट पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

डेल्टा भेरियन्ट अझ धेरै संक्रामक हुने भएकोले थप स्वास्थ्य सतर्कता अपनाइ सावधान हुन निर्देशनालयले सवैमा अनुराेध गरेकाे छ ।

प्रकाशित मिति २०७८ असार २७ गते आइतबार ०१:५१
हजुरको प्रतिक्रिया