२०८३ साउन २१ गते बिहीबार

पाशुपत विश्वकोषको विमोचन

पाशुपत विश्वकोषको विमोचन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २७ गते सोमबार ०३:०४

काठमाडौं । पाशुपत विश्वकोषको विमोचन गरिएको छ । सोमवार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमबीच पाशुपत विश्वकोषको विमोचन गरिएको हो । प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडा एवं डा। प्रदीप ढकालले लेख्नुभएको हो । पुस्तकमा पाशुपत क्षेत्रको...

काठमाडौं ।

पाशुपत विश्वकोषको विमोचन गरिएको छ ।

सोमवार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमबीच पाशुपत विश्वकोषको विमोचन गरिएको हो । प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडा एवं डा। प्रदीप ढकालले लेख्नुभएको हो ।

पुस्तकमा पाशुपत क्षेत्रको महत्व बुझ्न सहज होस् भनेर विश्वकोष लेखिएको लेखकहरुको भनाइ छ । कार्यक्रममा बोल्दै लेखक प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडाले पुस्तक प्रकाशन गर्न प्राविधिक कारणले पाँच वर्ष लागेको बताए ।

शिव, शिवजी, शिव परिवार, पशुपति, पशुपतिनाथ के हो ?, किन शिवलिङ्मा पूजा हुन्छ ? लगायतको विषयमा स्पष्ट पारिएको बताए । पशुपतिनाथको प्रसाद खान हुँदैन भन्ने गरिएको र खानु हुन्छ की हुँदैन भन्नेकुरा पुस्तकममा लेखिएको बताए ।

उनले शिव भगवान व्रह्म रहेको बताउँदै शरीरको रुप नलिने व्रह्म रहेको जिकिर गरे ।

प्रकाशित मिति २०८२ जेठ २७ गते सोमबार ०३:०४
हजुरको प्रतिक्रिया