बुधबार थप ३७४ संक्रमित थपिए
पाेखरा । गण्डकी प्रदेशमा बुधबार ३७४ जना काेराेना संक्रमित थपिएका छन् । प्रदेशभर कुल १ हजार १२१ जनाकाे परिक्षणबाट साे संख्याका संक्रमित थपिएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । प्रदेशभर साेहि अवधिमा ३७४ जना निकाे भएका छन् ।
बुधबार थप भएका संक्रमितहरूमा सर्वाधिक धेरै कास्कीबाट १८६ जना, नवलपरासी पूर्वका ४४ जना, गाेरखाका ४२ जना, स्याङ्जाका ३८ जना, लमजुङका २२ जना, तनहुँका १७ जना, वाग्लुङका १५ जना, म्याग्दीका ६ जना, पर्वतका ३ जना तथा मुस्ताङका १ जना रहेका छन् ।
गण्डकी प्रदेशमा हालसम्म २ लाख ५४ हजार १५४ जनाकाे काेराेना परिक्षण भएकाे छ भने साे संख्याकाे परिक्षणबाट ६० हजार १५९ जना संक्रमित भेटिएका छन् । प्रदेशभर अझै २ हजार ६२८ सक्रिय संक्रमित रहँदा ५६ हजार ५२३ जना निकाे भएका छन् । काेराेनाकै कारण गण्डकीमा हालसम्म १ हजार ८ जनाकाे ज्यान गइसकेकाे छ ।
यता, कास्कीमा अहिलेसम्म २४ हजार १५६ जनामा काेराेना संक्रमण भेटिएकाे छ । जसमध्ये २२ हजार ८९७ जना निकाे भएका छन् । ४२७ जनाले काेराेनाकै कारण ज्यान गुमाए भने कास्कीमा अहिलेपनि ८ सय ३२ जना सक्रिय संक्रमित रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।
प्रकाशित मिति २०७८ असार ३० गते बुधबार ०६:२३




