२०८३ असोज २६ गते सोमबार

संसद बैठक भोलिसम्मका लागि स्थगित

संसद बैठक भोलिसम्मका लागि स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २९ गते बुधबार ०४:३५

काठमाडौ । प्रतिपक्षी दलहरुले गृहमन्त्रीविरुद्ध नाराबाजी थालेपछि प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ । प्रतिपक्षीको अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका...

काठमाडौ ।

प्रतिपक्षी दलहरुले गृहमन्त्रीविरुद्ध नाराबाजी थालेपछि प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ ।

प्रतिपक्षीको अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् ।
प्रतिपक्षी दलका सांसदहरुले भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए ।
तर सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरे ।
प्रतिपक्षी दलहरुले भने गृहमन्त्रीविरुद्ध नाराबाजी थालेका थिए ।
सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेका छैनन् । त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति २०८२ जेठ २९ गते बुधबार ०४:३५
हजुरको प्रतिक्रिया