२०८३ साउन २१ गते बिहीबार

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल : आज सेमिफाइनलका खेलहरु हुँदै

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल : आज सेमिफाइनलका खेलहरु हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३१ गते शुक्रबार ०९:२३

सअघि हिजो भएका खेलबाट सशस्त्र प्रहरी बल एपिएफ र एभरेष्ट भलिबल क्लबले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
हिजोको खेलमा एपिएफले स्टेप रामपुर क्लबलाई र एभरेष्टले गण्डकी प्रदेशलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

पोखरा ।

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत आज सेमिफाइनलका खेलहरु हुँदैछन् ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी प्रतियोगिताअन्तर्गत आजको पहिलो सेमिफाइनल खेल समूह ए को विजेता पुलिस र समूह बि को उपविजेता एभरेष्टबीच हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा न्यू डायमण्ड र एपिएफबीचका प्रतिश्पर्धा हुँदैछ । यो खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलबाट सशस्त्र प्रहरी बल एपिएफ र एभरेष्ट भलिबल क्लबले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

हिजोको खेलमा एपिएफले स्टेप रामपुर क्लबलाई र एभरेष्टले गण्डकी प्रदेशलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोट्र्स क्लबले यसअघि नै सेमिफाइनल स्थान पक्का गरेका थिए ।

हिजोको पहिलो खेलमा एपिएफले स्टेप रामपुरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।

एपिएफले पहिलो सेट र दोस्रो सेट समान २५–६ र तेस्रो सेट २५–७ ले आफ्नो पक्षमा पा¥यो । एभरेष्टले गण्डकी प्रदेशलाई ३–१ को सेटले पराजित गर्न सफल रह्यो ।

पहिलो सेट २१—२५ ले गुमाएको एभरेष्टले पछिल्ला ३ सेटमा पुनरागमन जित निकाल्यो सेमिफाइनलमा स्थान पक्का ग¥यो ।

एभरेष्टले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२२ र चौथो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । प्रतियोगिताको फाइनल खेल भने शनिबार हुनेछ ।

विजेता टोलीले ६ लाख, उपविजेताले ३ लाख, र तेस्रो हुने टिमले एक लाख पुरस्कार पाउने छन् । सर्वाेत्कृष्ट खेलाडी २० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०८२ जेठ ३१ गते शुक्रबार ०९:२३
हजुरको प्रतिक्रिया