काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताएका छन् ।
बिहीबार नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्टहरु विश्वमै सकिसकेको बताउँदै नेपालमा भने केही बढिरहेको बताउ ।
उनले अहिलेका कम्युनिष्टहरु विगतका कम्युनिष्टहरु जस्तो नरहेको पनि जिकिर गरे । कम्युनिष्टहरु अहिले डेमोक्रेट भइसकेको बताउँदै आजका कम्युनिष्टहरुलाई कम्युनिष्ट भन्न नमिल्ने उनको तर्क थियो ।
अहिलेको संविधानअनुसार मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उनीहरुलाई कम्युनिष्ट भनिरहनु नपर्ने उनको धारणा छ ।
उनले भने, ‘म वास्तवमा टिचरको कारणले नेविसंघ भएको हो । टिचरकै कारण कति अखिल भएका छन् । त्यसमा टिचरको धेरै ठूलो हात छ । बच्चालाई के थाहा हुन्छ, के राम्रो के राम्रो होइन । टिचरले जे भन्यो त्यही राम्रो हुन्छ । टिचरले गर्दाखेरी पनि म डेमोक्रेट भएको हुँ । टिचरले र्गा कम्युनिष्ट भएका छन् । मैले टिचरलाई विद्यार्थीलाई खालि काँग्रेस मात्रै बनाउन भन्न खोजेको होइन । विद्यार्थीलाई पढाउँदा के राम्रो हो अहिलेको बेलामा त्यो भन्नुपर्छ । संसारभर खत्तम भइसक्यो तर नेपालमा कम्युनिष्ट बढेको बढ्यै छ । हुनतः कम्युनिष्टहरु हिजोको जस्तो कम्युनिष्ट छैनन् । उनीहरु डेमोक्रेट भइसकेको छ । आजको कम्युनिष्टलाई कम्युनिष्ट नै भन्न मिल्दैन । तर अहिलेको संविधानअनुसार आइसकेको हुनाले मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उहाँहरुलाई कम्युनिष्ट भनिरहनु पनि पर्दैन तर उनीहरु मल्टीपार्टी डेमोक्रेटिकमा अडप्ट भइसकेका छन् । नाममात्रै बदल्न बाँकी छ । तर कम्युनिष्ट छैनन् उहाँहरु ।’
सभापति देउवाले अहिलेका कम्युनिष्टहरु कम्युनिष्ट नरहेको र उनीहरुले नाम मात्रै बदल्न बाँकी रहेको पनि बताए ।
प्रकाशित मिति २०८२ जेठ ३१ गते शुक्रबार ०९:४३




