२०८३ साउन २१ गते बिहीबार

प्रचण्ड कप भलिबल : उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

प्रचण्ड कप भलिबल : उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३१ गते शुक्रबार ०७:५१

समूह चरणमा न्यू डायमण्डले एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

पोखरा ।

पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बल एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट भलिबल क्लब र एपिएफले न्यू डायमण्ड स्पोट्र्स क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा पुलिसले एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले एभरेष्टमाथि २५–१६, २५–१३ र २५–११ को शानदार जित दर्ता गर्न सफल भयो । दोस्रो सेमिफाइनलमा एपिएफले पनि न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले पहिलो सेट २५–१७, दोस्रो सेट २६–२४ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो ।

पुलिस र एपिएफबिचको फाइनल खेल शनिबार हुनेछ । यसअघि समूह चरणको खेलमा पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा फाइनल खेल अघि तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका न्यू डायमण्ड र एभरेष्ट खेल्नेछन् । समूह चरणमा न्यू डायमण्डले एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको विजेता टोलीले ६ लाख, उपविजेताले ३ लाख, र तेस्रो हुने टिमले एक लाख पुरस्कार पाउने छन् । सर्वाेत्कृष्ट खेलाडी २० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०८२ जेठ ३१ गते शुक्रबार ०७:५१
हजुरको प्रतिक्रिया