२०८३ साउन २१ गते बिहीबार

लमजुङको सुन्दरबजारमा आगलागि, घर जलेर नष्ट

लमजुङको सुन्दरबजारमा आगलागि, घर जलेर नष्ट

बिराट न्यौपाने

@Public 4K Tv

२०८२ जेठ ३२ गते शनिबार ०८:३८

आगो नियन्त्रणका लागि बेसिशहर नगरपालिकाको दमकलसमेत प्रयोग गरिएको थियो । आगो छिमेकी बस्तीतर्फ फैलिने उच्च जोखिम देखिएपछि तत्काल जेसीबी प्रयोग गरी घर भत्काइएको र शनिबार बिहान १ः१५ बजे पूर्णरूपमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए ।

लमजुङ ।

लमजुङको सुन्दरबजार नगरपालिका–६ बरेटारमा शुक्रबार राति भएको भीषण आगलागीमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

शुक्रबार राति ११ः५५ बजे गोबिन्द बोहोराको दुईतले जस्ताको छानो रहेको कच्ची घरमा अचानक विद्युत सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जानकारी दिएको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुन्दरबजार, भोटेओडार, जिल्ला प्रहरी कार्यालय लमजुङ, श्री चण्डी प्रसाद गण, सशस्त्र प्रहरी बल आश्रित गुल्म रानिकुवा तथा स्थानीयवासीसहित घटनास्थलमा टोली खटिएको थियो ।

आगो नियन्त्रणका लागि बेसिशहर नगरपालिकाको दमकलसमेत प्रयोग गरिएको थियो । आगो छिमेकी बस्तीतर्फ फैलिने उच्च जोखिम देखिएपछि तत्काल जेसीबी प्रयोग गरी घर भत्काइएको र शनिबार बिहान १ः१५ बजे पूर्णरूपमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए ।

उक्त घटनामा मानवीय तथा चौपाया भने क्षति नभएको प्रहरीले जनाएको छ । यद्यपि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

प्रहरी र स्थानीयवासीको समयमैको सक्रियताले ठूलो क्षति हुनबाट जोगिएको छ ।

प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिबार ०८:३८
हजुरको प्रतिक्रिया