२०८३ कात्तिक ९ गते आइतबार

कोरोनाको संक्रमणका कारण पोखरामा १ सहित गण्डकी प्रदेशमा २ को मृत्यु

कोरोनाको संक्रमणका कारण पोखरामा १ सहित गण्डकी प्रदेशमा २ को मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ ३० गते मंगलबार ०१:४६

पोखरा । कोरोना भाइरसको संक्रमणबाट पोखरामा थप १ जनाको निधन भएको छ भने पोखरामै थप ५ जना संक्रमित भेटिएका छन् । यो संगै पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११६ पुगेको छ । पोखरा नयाँबजारका ७० बर्षीय...

गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३१ पुग्यो, कुल संक्रमित संख्या ३११६

पोखरा । कोरोना भाइरसको संक्रमणबाट पोखरामा थप १ जनाको निधन भएको छ भने पोखरामै थप ५ जना संक्रमित भेटिएका छन् । यो संगै पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११६ पुगेको छ ।

पोखरा नयाँबजारका ७० बर्षीय पुरुषको पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा भदाै २९ गते राति ११:२० बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । भदाै २५ मा अस्पताल भर्ना भएका उनीमा २८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो | उनी क्यान्सरको बिरामीसमेत रहेको निर्देशनालयले जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
यस्तै, गण्डकी प्रदेशमा २९ गते नै गोरखा जिल्ला, बारपाक सुलिकोट-८ स्थायी ठेगाना भएका ६३ बर्षीय महिलाको बिरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा निधन भएको थियो | उनलाईको भाद्र २५ गते कोरोना पुष्टि भएको र उनीपनि क्यान्सरपिडित रहेको निर्देशनालयले जनाएकाे छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ |

मंगलबार कोरोना संक्रमण पुष्टी हुनेहरुमा पोखरा महानगरपालिका वडा नम्बर १ का ४५ वर्षीय पुरुष, पोखरा १० का २१ बर्षीय तथा १४ का १८ वर्षीय पुरुष रहेका छन । यस्तै पोखराको मेट्रोसिटी अस्पतालमा कार्यरत ३२ वर्षीय सफाई कर्मचारीलाईसमेत कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा १५ का ४८ बर्षीय महिलामा पनि कोरोना पुष्टी भएको निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति २०७७ भदौ ३० गते मंगलबार ०१:४६

हजुरको प्रतिक्रिया