२०८३ साउन २१ गते बिहीबार

एपिएफ क्लबले चुम्यो प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि

एपिएफ क्लबले चुम्यो प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३२ गते शनिबार ०७:५५

पोखरा । सशस्त्र प्रहरी बल एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालास्थित कभर्डहलमा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि हात...

पोखरा ।

सशस्त्र प्रहरी बल एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित कभर्डहलमा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो ।

एपिएफले पहिलो सेट २५–१९, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पा¥यो । उपाधिसँगै एपिएफले ६ लाख प्राप्त ग¥यो । फाइनलमा पराजित भएको पुलिसले ३ लाखमा चित्त बुझाउनु प¥यो । शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्ड युथ स्पोट्र्स क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो । तेस्रो बनेको न्यु डायमन्डले १ लाख रुपैयाँ हात पा¥यो ।

न्यु डायमन्डले पहिलो सेट २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले जित निकाल्न सफल रह्यो । एपिएफकी निरुता ठगुन्ना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ३० हजार प्राप्त गरिन् ।

पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, एपिएफकी जसना महत्तो उत्कृष्ट सेटर, न्यू डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबिरो, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपिएफकी सृष्टि खड्की उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक एपिएफका पुष्पजंग मल्ल घोषित भए । उनीहरुले जनही २० हजार प्राप्त गरे ।

प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिबार ०७:५५
हजुरको प्रतिक्रिया