२०८३ असोज २४ गते शनिबार

सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १ गते आइतबार ०९:११

यसैबीच गण्डकी प्रदेश सरकारले आत्मनिर्भर प्रदेशको आधार तयार गर्ने गरी बजेट ल्याउने भएको छ । इन्भेस्ट गण्डकी कार्यक्रमका लागि आगामी वर्ष लगानी सम्मेलनको तयारी गण्डकी प्रदेशको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पहिले घरदेश अनि परदेश अभियानसहित बजेट सार्वजनिक गरिँदैछ । गण्डकीमा गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको थियो ।

पोखरा ।

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् ।

असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।

यसैबीच गण्डकी प्रदेश सरकारले आत्मनिर्भर प्रदेशको आधार तयार गर्ने गरी बजेट ल्याउने भएको छ । इन्भेस्ट गण्डकी कार्यक्रमका लागि आगामी वर्ष लगानी सम्मेलनको तयारी गण्डकी प्रदेशको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पहिले घरदेश अनि परदेश अभियानसहित बजेट सार्वजनिक गरिँदैछ । गण्डकीमा गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको थियो ।

त्यस्तै कोशी प्रदेश सरकारले पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ ।

कोशी प्रदेश सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने जनाएको छ । कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

मधेश प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदै छ । मधेशमा गत वर्ष ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट आएको थियो ।

बागमती प्रदेशले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको छ । बागमती प्रदेश सरकारले गत वर्ष सातै प्रदेशमा सबैभन्दा ठूलो आकारको अर्थात ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

लुम्बिनीले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दैछ । चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको लुम्बिनीले आगामी वर्षका लागि भने झण्डै ३५ अर्बको मात्र ल्याउने तयारी छ ।

कर्णाली सरकारले सीमान्तकृतको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट ल्याउने भएको छ । यो प्रदेशले गतवर्ष ३१ अर्ब ४१ करोडको बजेट सार्वजनिक गरेको थियो ।

त्यसैगरी सुदूरपश्चिम सरकारले क्रमागत र बहुवर्षीय आयोजनामा बजेट केन्द्रित गर्ने तयारी गरेको छ । सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ल्याएको थियो ।

प्रकाशित मिति २०८२ असार १ गते आइतबार ०९:११
हजुरको प्रतिक्रिया