२०८३ साउन २१ गते बिहीबार

बजेटले अनुमान गरे जस्तो आम्दानी हुनसक्ने अवस्था छैनः पूर्वअर्थमन्त्री महत

बजेटले अनुमान गरे जस्तो आम्दानी हुनसक्ने अवस्था छैनः पूर्वअर्थमन्त्री महत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १ गते आइतबार ०३:००

काठमाडौ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताएका हुन् । आईतवार प्रतिनिधि सभा बैठकमा “आर्थिक वर्ष २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक...

काठमाडौ ।
पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताएका हुन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा “आर्थिक वर्ष २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल”मा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय अनुदान आफूहरूले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था नरहेको र वैदेशिक ऋण पनि सोही हिसाबले कार्यान्वयन हुने अवस्था नरहेको उल्लेख गरे ।
उनले राजश्वको लक्ष्यलाई पूरा गर्न कमी कठिन रहेको बताउँदै त्यसमा सरकारले मिहिनेत गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका डा. महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन गाह्रो हुनेमा दुई मत नरहेको स्पष्ट पारे ।
उनले भने ,“यो बजेटले जुन आम्दानीको अनुमान गरेको छ, त्यो आम्दानी चाहेजस्तो हुने अवस्था छैन । विदेशी अनुदान, अन्तर्राष्ट्रिय अनुदान हामीले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था छैन । वैदेशिक ऋण पनि त्यही हिसाबले कार्यान्वयन हुने अवस्था छैन । र राजश्वको जुन लक्ष्य राखिएको छ, पहिले भन्दा घटाइएको छ । तै पनि, यो लक्ष्यलाई प्राप्त गर्न धेरै मिहिनेत गर्नुपर्नेछ । त्यसले गर्दा बजेटले जुन आम्दानीको स्रोत देखाएको छ, त्यो अनुसार आम्दानी नजुट्ने र त्यो आय ऋणबाट होस्, अनुदानबाट होस् या राजश्वबाट प्राप्त हुने जुन विनियोजन छ, त्यो किसिमको आय नहुने हुनाले विनियोजनमा पनि अवश्य समस्या हुने कुरामा दुई मत छैन ।”
आगामी बजेटले सामाजिक सुरक्षा भत्तामा समसामयिक रूपमा सुधार गरेर केही बचत गर्ने कोशिस गरेको बताए ।

प्रकाशित मिति २०८२ असार १ गते आइतबार ०३:००
हजुरको प्रतिक्रिया