२०८३ साउन २१ गते बिहीबार

त्रिदेशीय टी–२० आई सिरिज : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै 

त्रिदेशीय टी–२० आई सिरिज : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै 

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २ गते सोमबार ०९:३७

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिज हिजोबाट सुरु भएको हो । पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्डलाई ३९ रनले हराएको छ ।
नेपालको भने टी–२० आई सिरिजको यो पहिलो खेल हो ।

पोखरा ।

स्कटल्याण्डमा हिजोदेखि सुरु भएको त्रिदेशीय टी–२०आई सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार साँझ पौने पौने ८ बजे स्कटल्याण्डको ग्लास्गोमा शुरू हुनेछ ।

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिज हिजोबाट सुरु भएको हो । पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्डलाई ३९ रनले हराएको छ ।

नेपालको भने टी–२० आई सिरिजको यो पहिलो खेल हो ।

हालै सम्पन्न आईसीसी विश्वकप लिग टु अन्तर्गतको सफल भ्रमणपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अब त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न लागेको छ ।

लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेलेका चार एकदिवसीय खेलमध्ये तीनमा शानदार जित निकालेको थियो ।

पछिल्लो दुई खेलमा नेदरल्याण्ड्सलाई ५ विकेट र १६ रनले हराएको नेपाल आज उच्च मनोबलसहित मैदान उत्रँदैछ । ।

नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको कप्तानीमा टी–२० सिरिजका लागि टोलीको घोषणा गरिसकेको छ ।

यो सिरिजका लागि नेपालले अघिल्लो पटक आईसिसी लिग टु मा रहेको टोलीमा परिवर्तन गरेको छ ।

लिग टु खेलिसकेका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ भने चोटका कारण गुल्सन झा र सोमपाल कामी टोलीबाट बाहिर छन् ।

उनीहरूको स्थानमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा भित्रिएका छन् । किरणले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका छन् ।

सिरिजअन्तर्गत नेपालले भोली जुन १७ मा स्कटल्याण्डसँग, जुन १८ मा फेरि नेदरल्याण्ड्ससँग र जुन २० मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति २०८२ असार २ गते सोमबार ०९:३७
हजुरको प्रतिक्रिया